११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

सप्तरी – सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालय लहानले आजबाट अस्थायी सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ ।

कार्यालयले आज पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमति पत्र वितरण गरेको हो ।सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपछि सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले बताएको छ ।अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सवारी साधनहरू चलाउनु पर्ने बाध्यताको अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टराईले जानकारी दिए ।

ट्रायल परीक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरूलाई एक हप्ता भित्र क्युआर कोडसहितको अस्थायी चालक अनुमति पत्र कार्यालयले प्रदान गर्ने निमित्त प्रमुख भट्टराईले बताए । उनले अव कसैले पनि चिट बोकेर सवारी साधन चलाउनु नपर्ने बताए ।

देशभरिका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाडौँ ,जनकपुर , महोत्तरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमति पत्र वितरण हुन थालेको यातायात कार्यालय लहानका नायव सुब्बा विजय दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]