२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २९, २०७८

काठमाडौँ – चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै काठमाडौँमा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसिप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबाट केही दिनमा इन्टर्नसिप सुरु हुने आश्वासन पटक पटक पाए पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । मापदण्ड पुरा गरेका १५५ विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न नपाउँदा भविष्य नै अन्योलमा परेको प्रदर्शनमा उत्रेका विद्यार्थीहरूले जनाएका छन् ।

मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ मा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउने र यसप्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था स्पष्ट नहुँदा आफुहरुलाई इन्टर्नसिप गर्न रोकिएको विद्यार्थीको गुनासो छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]