अमेरिकामा आगलागी हुँदा पाँच जना नेपाली भाषी भुटानीको मृत्यु भएको छ ।ओहायोको एक्रोनमा आइतबार आगलागी हुँदा उनीहरुको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागीमा परेर ज्यान गुमाउनेमध्ये तीन जना बालबालिका छन् ।मृत्यु हुनेमा तीन बालबालिकाहरु ५ बर्ष, ११ बर्ष र १६ बर्षका छन् । अन्य दुई जना ६० बर्षका पुरुष र ४८ बर्षका महिला हुन् ।सो आगलागीमा परी चार जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।आगलागी भएको देखेपछि छिमेकीहरु घटनास्थल पुगेर उद्धार कार्यमा खटिएका थिए ।
यसैबीच मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।