०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २९, २०७८

नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरेका, तर भाडा नतिरेका टेलिफोन र इन्टरनेट सेवा प्रदायकको तार काट्ने भएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असोज १५ गतेभित्र नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो । नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी सेवा विस्तार गरिरहेका छन् । विद्युत प्राधिकरणमा नेपाल सरकारको पूर्ण स्वामित्व छ ।सम्झौता नै नगरी संरचना प्रयोग गर्ने, प्रयोग गरेर पनि सोबापत प्राधिकरणलाई भाडा नै नबुझाउने, जीपीएस कोर्डिनेशन नक्सा र दुरी खुल्ने कागजातसमेत नदिने गरेको प्राधिकरणले जनाएको छ ।

यस बीचमा प्राधिकरणले संरचना प्रयोग गरेबापत तिर्नुपर्ने भाडादर परिमार्जन गरेको छ । समयमै सम्झौता नगरेका सेवा प्रदायकलाई नयाँ सेवा विस्तार गर्न पनि यसअघि नै रोक लगाइसकेको छ ।इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुुलीले प्राधिकरणको संरचना प्रयोग गरेबापतको भाडादर निकै महंगो भएकाले आफूहरूले भुक्तानी नगरेको बताए । भने, ‘नेपाल टेलिकमले नै तिरेको छैन, प्राधिकरणले संरचना प्रयोग बापतको भाडा १५ गुुणा बढाएर सात गुणा घटाएको छ, हाल तोकिएको भाडा तिर्दा सेवा निकै महंगो पर्छ, परिमार्जन गर्नुपर्छ ।’

प्राधिकरणले २०७६ सालमा आफ्नो पोल र अप्टिकल फाइबर नेटवर्क प्रयोग भाडा ५०० प्रतिशतसम्म बढाएको थियो । इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकले विरोध जनाएपछि अध्ययन समिति गठन गरी भाडादर करिब आधाले घटाएको थियो । घटाइएको दरमा पनि भाडा तिर्न नसकिने पराजुुलीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]