२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २९, २०७८

एजेन्सी – अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिबानले कम्तीमा २० सर्वसाधारणको हत्या गरेको बीबीसीले खुलासा गरेको छ ।

पञ्जशीर उपत्यकामा तालिबान र विपक्षी बीच झडपको स्थिति छ । उक्त उपत्यकामा सञ्चारका सबै माध्यम काटिएका छन् तसर्थ यहाँको स्थितिबारे यकिन जानकारी प्राप्त गर्न गाह्रो छ तर बीब्ीसीले आफूसँग यसको प्रमाण भएको दाबी गरेको छ ।बीबीसीद्वारा प्राप्त फुटेजमा पञ्जशीरको एक धुलाम्मे सडकमा सैनिक पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकूले घेरिरहेको देख्न सकिन्छ । ती व्यक्तिमाथि बन्दुक प्रहार गरिन्छ र उनी भुइँमा लड्छन् ।
मारिएका ती सैनिक जवान नै हुन् भन्ने स्पष्ट जानकारी छैन । कम्ब्याट युनिफर्म त्यस क्षेत्रमा धेरैजसोले लगाउने गर्छन् । उक्त भिडियोमा ती व्यक्ति सर्वसाधारण भएको दाबी गरिएको छ ।

पञ्जशीरमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।पीडितमध्ये एकजना अब्दुल सामी नामका दुई सन्तानका पिता तथा पसले हुन् ।स्थानीयसँगको कुराकानीमार्फत् प्राप्त जानकारी अनुसार तालिबानले कब्जा जमाउँदा पनि उनी भाग्न चाहेनन् । उनले भनेका थिए, ‘म गरिब पसलेको युद्धसँग केही सरोकार छैन ।’तर विरोधी लडाकूलाई सिमकार्ड बेचेको आरोपमा उनलाई पक्राउ गरियो । त्यसको केही दिनपछि उनको शव घर नजिकै भेटियो । उनको शव देख्ने प्रत्यक्षदर्शीले उनको शरीरभरी निलडाम भएको बताए ।अघिल्लो महिना तालिबान शक्तिमा आएपछि, यही एउटा क्षेत्र छोडिएको थियो ।पञ्जशीरको जनसङ्ख्या १।५ देखि २ लाख रहेको छ । यसको मध्य भागमा पञ्जशीर नदी बग्दछ । यो क्षेत्र चारैतिरबाट ९ हजार ८ सय फिट अग्ला पहाडहरूले घेरिएको छ ।

यो क्षेत्रका मानिसहरू बाहिरी शक्तिसँग बहादुरीले लड्नका लागि प्रतिष्ठा हासिल गरेका छन् । पछिल्लो दुई दशकमा यो क्षेत्रमा ठुलो लगानी भएको छ । तालिबानको विरोध गरिरहेको यो समूहमा अफगानिस्तानका पूर्व बलका सदस्य स्थानीय लडाकु सामेल छन् । यसको नेतृत्व स्थानीय आदिवासी नेता अहमद मसूदले गरिरहेका छन् । उनको पिताले सन् १९८० को दशकमा सोभियत सङ्घ र सन् १९९० को दशकमा तालिबानविरुद्ध सफलतापूर्वक लडाइँ लडेका थिए ।तर प्रतिरोधी बलले आफ्नो संघर्ष जारी राख्ने बताउँदै आएको छ ।तालिबानको कब्जापछि पञ्जशीरमा स्थिति कस्तो होला भनेर धेरैले चासो राखेका छन् ।तालिबान उपत्यकामा प्रवेश गर्ने बित्तिकै उनीहरुले त्यहाँका स्थानीयलाई साधारण जीवनयापन अपनाउन आग्रह गरे ।‘उनीहरु बाहिर निस्कनुपर्छ, दैनिक क्रियाकलाप जारी राख्नुपर्छ,’ प्रवक्ता मलाभी अब्दुल्लाह रहमानीले भने ।

‘यदि उनीहरु पसले हुन् भने उनीहरुले पसल चलाउनुपर्छ । किसान हुन् भने किसानी गर्नुपर्छ । यहाँ मानिसहरुको जीवन र परिवारको सुरक्षा गर्न आएका हौं ।’ तर यति हुँदा हुँदै पनि यहाँ यस्ता घटना सार्वजनिक भइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]