११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २९, २०७८

बैतडी – बैतडीमा गुडिरहेको बसमा सडक माथिबाट ढुंगा खस्दा एकजना यात्रुको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको बसमा सडकमाथिबाट खसेको ढुंगा लागेर बसमा सवार बझाङको थलारा गाउँपालिका वडा नं ५ का १८ बर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

महेन्द्रनगरबाट बझाङका लागि छुटेको सु.प.प्र.२००१ ख ११५६ नम्बरको बसमा मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडकखण्डको झौलेकमा सडकमाथिबाट ढुंगा खसेको हो । ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताए । घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ४० बर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ बर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ४ का २८ बर्षीय माधव भट्ट रहेका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसमा सडकमाथिबाट खसेको ठूलो ढुंगा बसभित्र पसेको बताइएको छ । घटनाका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]