काठमाडौँ – नवलपरासी पूर्वको गैँडाकोटमा बस र ट्रक ठोक्किँदा तीनजनाको ज्यान गइको छ ।मंगलबार बिहान भएको दुर्घटनामा २७ जना घाइते भएका छन् ।
गैँडाकोट नगरपालिका–१० थुम्सी नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।डाइभर्सन नजिकै ट्रकसँग ठोक्किएको बस झण्डै १० मिटर तल खसेको डिएसपी दीलिप कुमार गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको, उनीहरुको परिचय भने खुल्न सकेको छैन । घाइतेहरुको भरतपुर स्थित मेडिकल कलेज उपचार भइरहेको छ।