०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २८, २०७८

विभिन्न कार्यक्रम गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५९औँ वार्षिकोत्सव मनाइएको छ । बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदानलगायत कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले नेपाल सरकारको नीति–निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताए । कर्पोरेसनले सेवा र कार्यक्षेत्र विस्तार गर्दै उपभोक्ताको घरदैलोमा सेवा पु¥याउन सफल भएको उनको भनाइ थियो । सरकारले दिएका सबै प्रकारका जिम्मेवारी पूरा गरेको उनले बताए ।

कर्पोरेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको उत्थानमा काम गर्ने सामाजिक संघ–संस्था तथा व्यक्तिहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट काम गर्ने कमचारीलाई हेमबहादुर मल्ल तथा ईश्वरलाल श्रेष्ठको नाममा उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गर्ने गरिएको जानकारी दिए । संस्थाकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड–१९ को त्रास कम भए पनि खुला वातावरण समारोह गर्नु उपयुक्त नभएकाले सामान्य हिसाबले वार्षिकोत्सव मनाएको बताइन् ।

कर्पोरेसनले आफ्नो उद्देश्य एवं प्रतिबद्धताअनुसार कोभिड–१९ महामारीकै बीचमा पनि उपभोक्तालाई सुपथ एवं सहज रूपमा गुणस्तरीय उपभोग्य वस्नु उपलब्ध गराइरहेको उनको भनाइ थियो । कोभिड–१९ कै कारण अघिल्लो वर्ष वितरण गर्नुपर्ने पुरस्कार तथा सम्मान पनि यो वर्ष प्रदान गरिएको उनले जानकारी दिइन् ।

पुरस्कार तथा सम्मान
कर्पोरेसनले ‘बालहितकारी पुरस्कार–२०७७’ ग्रामीण जीवनस्तर सुधार मञ्चले सञ्चालन गरेको हाम्रो घर हेरौँ र ‘बालहितकारी पुरस्कार–२०७८’ ललितपुर धापाखेलको नवकिरण अनाथ–असहाय बालउत्थान समाजलाई प्रदान गरेको छ । पुरस्कार राशि ताम्रपत्रसहित ७५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

त्यस्तै, ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७७’ अधिकृतस्तरमा जुग्नु भद्रचन, ननअधिकृतस्तरमा सुजन महर्जन र स्तरविहीनमा बमबहादुर बस्नेत तथा ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा सम्झना श्रेष्ठ, ननअधिकृतस्तरमा निर्मल तामाङ र स्तरविहीनमा कलप्रसाद रिजलालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।

‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा प्रज्वलमान प्रधान, सहायकस्तरमा चन्द्रदत्त ढकाल र स्तरविहीनमा हरिरमा रोक्कालाई प्रतिव्यक्ति नगद ३५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको कर्पोरेसनले जनाएको छ । त्यस्तै, कर्मचारीका छोराछोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउनेलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको कर्पोरेसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]