काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । जनताको स्वास्थ्य सेवा जस्ता मौलिक हक अवरुद्ध नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
स्वास्थ्यकर्मीले प्रतिष्ठानमा गत २० गतेबाट इमर्जेन्सी, कोभिड सेवा र पूर्वनिर्धारित कार्यक्रमबाहेक अन्य सेवाहरू स्थगित गरेका छन् । आन्दोलनरतपक्षले उठाएका धेरै मागहरू सम्बोधन भइसकेको र अन्य माग पनि सम्बोधन क्रममा रहेको मन्त्रालयले जनाएको छ ।