१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २७, २०७८

काठमाडौं – संखुवासभामा एउटै परिवारका ६ जना हत्या गर्ने आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । ६ जनाको हत्यामा संलग्न रहेका मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

आरोपि लोकबहादुरले भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको एकैदिन हत्या गरेका थिए । हत्या भएका सबैको शव छुट्टाछुट्टै स्थानमा फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा नाता पर्ने लोकबहादुरले नै परिवारको हत्या गरेको खुलेको थियो । लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा प्रहरीले भेटेको थियो । तेजबहादुरका भतिज रहेका लोकबहादुरले आफुले उनलाई मार्न खोजेको बयानमा बताएका छन् ।

उनले बयानमा तेजबहादुरलाई मात्र मार्न चाहेको तर पछि सबैले देखेपछि बाध्य भएर सबुत मेटाउन अरुलाई मार्न परेको बताएका छन् । डिप्रेशनको औषधि खाइरहेका कार्कीले व्यक्तिगत रिसीबीका कारण हत्या गरेको बयानमा खुलाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]