११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र २६, २०७८

चितवन राष्ट्रिय निकुञ्जको इन्क्लोजरमा संरक्षण गरिएको एक अर्नाको मृत्यु भएको छ। पदमपुर फाँट क्षेत्रमा रहेको इन्क्लोजरमा शुक्रबार एक वयस्क पोथी अर्ना मृत भेटिएको हो।

उक्त अर्नाको मृत्यु प्राकृतिक कारणबाटै भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।सोही क्षेत्रमा करिब २ दिन अगाडि जन्म भएको अनुमान गरिएको अर्नाको बच्चासमेत भेटिएको अधिकारीले बताए।

यस निकुञ्जमा १२ वटा कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ वटा चिडियाखानाबाट स्थान्तरण गरी १५ वटा अर्ना ल्याइएको थियो। तीमध्ये केहीको मृत्यु भयो भने केहीले यहाँ जन्म लिएका छन्।

हाल इन्क्लोजर क्षेत्रमा १२ वटा अर्ना रहेका अधिकारीले बताए। त्यसमा ६ वटा वयस्क (२ भाले र ४ पोथी ) र चितवनमा जन्म लिएका ( २ पोथी, ३ भाले र १ नवागन्तुक लिंग पहिचान भइनसकेका) छन्।
हालसम्म चितवनको पदमपुर क्षेत्रमा ७ वटाको जन्म भएकोमा ६ वटा बच्चा सकुसल छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]