१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र २६, २०७८

खोटाङ – खोटाङमा आत्महत्याको दर वर्षेनि वृद्धि भइरहेको प्रहरीले जनाएको छ ।

१९औँ विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा शुक्रबार राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालय, रेडक्रस र इन्सेकले दिक्तेलमा आयोजना गरेको कार्यक्रममा विगत तीन आर्थिक वर्षको तुलनामा हरेक वर्ष आत्महत्या गर्नेको दर वृद्धि भइरहेको तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर शाहले आर्थिक वर्ष २०७५/०७६ मा ३० पुरुष, १८ महिला र तीन बालबालिकाले आत्महत्या गरेको जानकारी दिए ।आर्थिक वर्ष २०७६/०७७ मा २५ पुरुष, १२ महिला र १२ बालबालिकाले आत्महत्या गरेका छन् । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा याे संख्या झन बढेकाे छ । साे वर्ष ४७ पुरुष, २० महिला र आठ बालबालिकाले आत्महत्या गरेको तथ्यांक उनले प्रस्तुत गरे ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले आत्महत्या न्यूनीकरणका लागि जिल्लाका हरेक स्थानीय तहले बजेट व्यवस्था गरेर कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘आत्महत्या गर्ने दरलाई न्यूनीकरण गर्न हरेक स्थानीय तहले आफैँ कार्यक्रम बनाउन सक्छन् । मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था गर्न सक्छन्,’ आयोग प्रमुख काफ्लेले भने, ‘प्रत्येक वडामा मनोसामाजिक परामर्शकर्ता राख्न सक्छन् । मनोसामाजिक परामर्शकर्ताको स्थायी दरवन्दीको व्यवस्थाका लागि पहल कदमी गर्न सकिन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]