०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र २६, २०७८

रौतहट – आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै रौतहटको चन्द्रपुरमा प्रदर्शन गरेको छ ।मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने भन्दै शुक्रबार नाराबाजीसहित आईटी आर्मीले विशाल प्रदर्शन गरेको हो ।

आईटी आर्मीको जिल्ला संयोजक नरेश साह तुरहाको नेतृत्वमा चन्द्रपुर नगर कमिटीले पूर्व–पश्चिम राजमार्गमा युवाहरुले नाराबाजी गरेका हुन् ।’देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रेजेक्ट एमसीसी’ लगायत विभिन्न नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।मुलुकमा अस्थिरता पैदा गरी द्वन्द्वको अखाडा बनाउने उद्देश्यका साथ विदेशी हितमा एमसीसी सम्झौता भएको र सत्ताधारी गठबन्धन र कठपुतली सरकारले सदनबाट पास गर्न खोजेकोले खबरदारी गर्न प्रदर्शन गरेको आईटी आर्मीको जिल्ला संयोकज साहले बताए ।

राष्ट्रिय हित विपरित सम्झौता सदनबाट पास गर्न दुस्साहस भएको खण्डमा देशमा अझ सशक्त आन्दोलन हुने उनीहरुको चेतावनी रहेको छ ।आजै आईटी आर्मीको चन्द्रपुर नगर कमिटीको प्रथम भेला भई झरना आचार्यको नेतृत्वमा नगर कमिटी गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]