जनकपुरधाम – धनुषामा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान ज्यान गएको छ।
धनुषा विदेह नगरपालिका (६ एकराहीमा बिहिबार राति ११:३० बजे मोटरसाइकलको ठक्करबाट सोही स्थानका पाल्टु महराकी ४० वर्षीया पत्नी दलितिया देवी महराको ज्यान गएको छ । प्रहरीका अनुसार बिहिबार राति ज.७.प. ९८१२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महरालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। ।
गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति १ बजे ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक हँसपुर-८ का चन्दे साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।