११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २५, २०७८

काठमाडौं – अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा काठमाडौं महाराजगंज घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिहरू सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ गल्फूटार क्षेत्रमा केही व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधिहरु भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त औषधिहरू बिना लाइसेन्स विक्री गरिरहेको अवस्थामा प्रवललाई फेला पारी पक्राउ गरेको हो ।

प्रवलले भारतमा रहेका आफन्त मार्फत उक्त औषधिहरु मगाई बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधि पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]