०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २५, २०७८

वीरगन्ज – गत भदौ १० मा सर्वोत्तम स्टिलको भट्टीमा भएको विस्फोटमा घाइते भएका १५ जना मजदुरमध्ये ५ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित स्टिल उद्योगमा फलाम पगाल्ने भट्टीमा विस्फोट हुँदा सात जना भारतीयसहित १५ जना घाइते भएका थिए ।

घाइतेमध्ये ५ जना भारतीय कामदारको उपचारकै क्रममा भारतको पटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ६ जना कामदारलाई उद्योग व्यवस्थापनले भदौ १० मै एम्बुलेन्समा राखेर थप उपचारका लागि वीरगन्जबाट पटना लगेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारत उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, ३७ वर्षीय मानस परिदा, ३० वर्षीय रामपुकार यादव, बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक रहेका छन् । पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार पटनाको एपोलो अस्पतालमा उपचाररत ३ जनाको भदौ १६ मा दुई जनाको भदौ १८ मा मृत्यु भएको जानकारी बिहीबार मात्र आएको हो ।

भारतीय ठेकेदारमार्फत उद्योग व्यवस्थापनसँग सम्झौता गरी उद्योगमा मजदुरले काम गर्दै आएका थिए । भट्टी विस्फोट प्रकरण दबाउन सुरुदेखि नै प्रयास गर्दै आएको उद्योग व्यवस्थापनले ५ जना मजदुरको मृत्युको जानकारी समेत एक हप्तापछि मात्र प्रहरी प्रशासनलाई दिएको छ ।

अन्य कबाडसँगै ग्यासका पुराना सिलिन्डर गलाउँदा भट्टीमा विस्फोट भएको घाइते मजदुरले बताएका छन् । विस्फोट भएको भोलिपल्ट पर्सा क्षेत्र नं. १ का सांसद, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकको टोली अनुगमन गर्न उद्योग पुगेका थिए ।

भट्टीमा प्रयोग हुने रसायन र ग्यास लिक हुँदा विस्फोट भएको अनुगमन टोलीलाई उद्योग व्यवस्थापनले जानकारी गराएको थियो । ‘प्राविधिक समस्याकै कारण लिकेज भएको हो जस्तो लाग्छ,’ एसपी पाण्डेले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]