२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

सप्तरी – भरखरे सरुवा भएर आएका सप्तरीका प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौतमले पत्रकारहरुको लागि बिभिन्न सरकारी कार्यालयहरुले पनि सहज सुचना दिनुपर्ने बताएका छन ।

राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा बिहीवार आयोजित संचारकर्मीहरु संगको परिचात्मक कार्यक्रममा उनले पत्रकारहरुलाई सहि सुचना दिलाउनको लागि सक्दो सहयोग गर्ने बताउदै बिभिन्न कार्यलयहरु र सम्बन्धित निकायले गरेका कामकाज हरेक ३ महिनामा प्रकासन गनुपर्ने बताए ।
कोभिड १९ लाई नियन्त्रण गर्न तर्फ सबैको ध्यान जानुपर्ने बताउदै अहिले कोरोनाको महामारी कायमै रहेको कारण यसबाट साबधानी अपनाउनुपर्ने जोड दिएका छन । साथै आउन लागिएको दशै,तिहार,छठ पर्वको मध्यनजर गर्दै भिडभाडलाई नियन्त्रण गर्ने तर्फ सरोकारबालाले समेत ध्यान दिनुपर्ने समेत जोड दिएका छन ।

सप्तरीको राजविराजसहित बिभिन्न ठाउँमा रहेका ठुला खाल्डा र जीर्ण सडकको मर्मत गर्न ठेकेदार र सरोकारबलाहरु संग छलफल गरि यसको समाधान गर्ने तर्फ आफु लागि पर्ने उनले बताए । बाटो ढिलासुस्ती काम गर्नेलाई बोलाएर बाटो सुधार गर्न तर्फ छलफल गर्ने भन्दै गजेन्द्र नारायण सिाह अस्पतालको स्तरउन्नतीका लागि माथिलो निकायमा समेत पहल गर्न आफु तैयार रहेको बताएका छन ।

किसानहरुको मलखाद अभाव हुन नदिनको लागि प्रतिबद्ध रहेको बताउदै राजविराजमा देखिएको पारकिङ,छाडा चौपाया नियन्त्रण तथा फोहोर ब्यवस्थापनका लागि पहल गर्ने जनाउदै सरकारी कार्यालयमा देखिएको बिचोलीयाहरुलाई समेत नियन्त्रण गरि यसमा कमी ल्याउन सबैले सहयोग गर्नुपर्ने उनले बताए ।
सो कार्यक्रममा सहभागि बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले जिल्लाको गतिबिधिहरुको बारेमा प्रजिअ जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]