२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले हरितालिका तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भत्रे शुभकामना व्यक्त गरेका छन् ।

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा बिहीबार जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, अटल सौभाग्य समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।उनले यस पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको भन्दै हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्न यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह गरे ।

सन्देशमा उनले भनेका छन्, “यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै यसलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ, कोभिड–१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गर्दछु ।”-रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]