सिरहा – सिरहाको मिर्चैयामा एक सवारी चालकको सङ्कास्पद मृ त्यु भएको छ ।
मिर्चैया न पा २ मा रहेको सौर्य सीमेन्ट उद्योग हाताभित्र गर्मिको सयमा ट्रक तल सुतिरहेको अवस्थामा मिर्चैया ३ धाङरटोलका २४ वर्षिय सन्तोष उराउँको ट्रकले कि चे र मृ त्यु भएको भनिएपनि परिवारले भने ह त्या का आरोप लगाएको छ । संतोषलाई किच्ने ट्रक र अस्पतालको मालिक एउटै हुन् । संतोष पनि मंगलम अस्पतालका मालिककै अर्को ट्रक चलाउँथे । अपरान्ह खाना खाएर गर्मिछल्न ट्रक तल सुतिरहेको बेला ट्रक चलाएपछि किच्चिएर मृ त्यु भएको जनाएको प्रहरीले छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र मानन्धरका अनुसार अरुले चलाउने ट्रक तल गर्मि छलेर सुतिरहेको बेचा चालकले ट्रक चलाएपछि किच्चिएर घइते भएपछि उपचारको क्रममा स्थानीय मङ्गलम हेल्थ केयर सेन्टर प्रा.लि. मा ज्यान गएको जनाएको छ । प्रहरीले घटनामा संलग्न चालक र ट्रकको विवरण खोजीकार्य भईरहेको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको पनि डिएसपी मानन्धरले जानकारी दिए । मंगलम अस्पतालका सञ्चालक चन्देश्वर साहकै ट्रकले किचेर घाइते भएकाले अस्पतालले नियतबस आफ्नो भतिजाको हत्या गरेको सन्तोषका काकी (सानीआमा) सूफलदेवि उराउँले आरोप लगाएको छ ।
परिवारजनले उपचारमा धेरै खर्च लाग्नसक्ने डरका कारण ह त्या गरेको आरोप लगाएका छन् । मृ तक चालकले पनि २ महिना अघिदेखि उनकै अर्को ट्रक चलाउँदै आएका थिए । सन्तोलका परिवारले छातिमा टायरको डाम देखिएपनि पिडुलामा धारीलो हतियारले काटिएको जस्तो देखिएको भन्दै घटना रहस्यमय भएको बताएको छ ।
उनीहरुले अस्पतालमा ल्याईसकेपछि कुन कुन औषधी चलाए, कुन डाक्टरले उपचार गरेको हो सोको लिखित जानकारी नदिएसम्म श व बाहिर निकाल्न नदिने भन्दै आफ्नतहरु अस्पताल अगाडी धर्ना बसेका छन् ।श व अझै अस्पतालमै रहेको छ । अस्पतालले घटनाबारे अझै आधिकारीक जानकारी गराएको छैन ।