०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

सप्तरी – सप्तरी स्थित कोशी ब्यारेजको पुलमा एक यात्रुवाहक विङ्गरले एक मान्छेलाई बचाउन खोज्दा गाडी दुर्घटना भई सवार १० जना यात्रुहरु घाईते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ज २७९५ नम्बरको विङ्गर अनियन्त्रित भई कोशी पूलमा ठोकिंदा विङ्गरमा सवार दश जना यात्री घाईते भएको हो । घाईते भएका दशजना मध्ये कंचनरुप नपा १, बैरवा घर भई राजविराजमा कोठा भाडा गरी बसेकी ३६ वर्षिय महिला शावित्री देवी यादव, शिकिस्त, हनुमाननगर कंकालिनी नपा १ बस्ने ५५ वर्षिय उपेन्द्र गुप्तालाई खुट्टा भाँचिएको र विहारको सूपौल जिल्लाको गणपतगंज बस्ने २३ बर्षिय विकास कुमार शर्माको हात भाँचिएको हुदाँ थप उपचारका लागि विराटनगर तर्फ पठाएको इलाका प्रहरी कार्यालयका प्रमुख प्र.ना.नि. चन्द्र प्रसाद यादवले जानकारी गराए ।

घाईते हुने अन्य सात जनाको अवस्था समान्य रहेकोले भारदह अस्पतालमा उपचार गराई आ–आफ्ना घर गईसकेको ईलाका प्रहरी कार्यालय भारदहले जानकारी गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]