०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २३, २०७८

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास (तत्मा)लाई रामधुलाई भएको छ ।

एक महिलालाई अभद्र व्यवहार गरेको आरोपा मेयर दासमाथि हातपात भएको हो । गएको २० गते राति जनकपुरधाम उपमहागरपालिका वडा नं. ८ मा एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा युवाहरुको भीडले हातपात गरेको स्थानीयले बताएका छन् । हातपातसंगै मेयर दास चढ्ने नगरपालिकाको प्रदेश २ -०२-००१ झ ००४३ नम्बरको गाडीमा समेत तोडफोड भएको हो । आफ्नो प्रतिष्ठा बचाउन मेयर दासले आफुमाथि केहि कुनै प्रकारको घटना नभएको टुडेपाटीसंग कुरा गर्दै दावी गरे । तपाईसंग केहि घटना भएको छ भन्ने टुडेपाटीको प्रश्नमा मेयर दासले भने ‘ मसंग कुनै प्रकारको घटना भएको छैन । घटना नै भएको छैन भने मैले किन घटना भयो भनु’

तर, उनले आफुमाथि हातपात र गाडीमाथि तोडफोड गर्ने मध्येका चारजना विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । यधपि जाहेरीमा उनले आफ्नो सावरी तोडफोड भएको मात्र उल्लेख गरेका हुन् ।यता धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेत गाडीमाथि तोडफोड गर्ने चारजनाविरुद्ध मेयर दासले जाहेरी दिएको बताए ।

मेयर दासले चारजना युवकमाथि मुद्दा दर्ता गराउने प्रक्रियामा गएपछि स्थानीयहरु बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेसन पुगेका थिए । उनीहरुले मेयर दास विरुद्ध महिलामाथि दुव्र्यहार गरेको जाहेरी दर्ता गराउने प्रक्रिया थालेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]