१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २२, २०७८

विराटनगर – विराटनगर–११ का भिम कामतका जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा मृत्यु भएको विरोधमा मंगलबार पनि विराटनगरमा प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

गत शुक्रबार साढे तीन केजी गाँजासहित आफ्नै होटलबाट पक्राउ परेका कामतको आइतबार मृत्यु भएको थियो । आफन्तले मृत्युको कारण प्रहरी यातना रहेको बताउँदै न्यायका लागि भन्दै आन्दोलन गरिरहेका छन् । घटनाको छानबीन गर्न मागगर्दै सोमबार विराटनगरमा प्रर्दशन गरिएको थियो । मंगलबार समेत मुख्य राजमार्ग बन्द गरेर उनीहरुले प्रदर्शन गरेका हुन् । आफन्त तथा आक्रोशितले महेन्द्रचौकदेखि बिजुली अफिससम्मका चौकहरुमा टायर बालेर विरोध गरेका हुन् । विराटनगर ११ का भिम कामतलाई प्रहरीले भदौ १८ गते साढे ३ किलो गाँजा तथा १ लाख २२ हजार बढी नगदसहित पक्राउ गरेको थियो । लागुऔषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनको भदौ २० गते दिउँसो मृत्यू भएको थियो । प्रहरीले विराटनगरको कोशी अस्पतालमा उपचारको क्रममा उनको मृत्यू भएको बताएको छ ।

लागुऔषधका प्रयोगकर्ता उनी कारोबारी समेत रहेको खुलेपछि प्रहरीले लामो निगरानीपछि उनलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणपछि अनुसन्धानका लागि म्याद थप्न अदालत लैजानु अगाडी नै कामतको मृत्यु भएको थियो । आफन्तले प्रहरीले बयानका लागि यातना दिदाँ उनको मृत्यु भएको दावी गरेका छन् ।

भिडियो याहा हेर्नुहोस :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]