११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २१, २०७८

विराटनगर – विराटनगरमा आइतबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा विल बिजक नराख्ने र उपभोक्तालाई विल पनि नदिने तीनवटा पसललाई ३५ हजार जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ महेशप्रसाद तिम्सिनाको नेतृत्वमा गरिएको बजार अनुगमन टोलीले विराटनगर–७ स्थित पुरानो गुद्रीको ओम शुभम किराना पसल र मुन्ना किराना पसललाई जनही १५ हजार र शोभाम किराना पसललाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो । उनीहरुले सामानको विल बिजक नराखेको साथै उपभोक्तालाई सामान विक्री गर्दा बिल पनि नदिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको जनाइएको छ ।अनुगमनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, विराटनगर महानगरपालिका र प्रहरीसहितको टोली परिचालन भएको थियो ।

विस्तारै ठूला चाडबाडहरु नजिकिंदै गएकोले बजार अस्वस्थ बन्नसक्ने सम्भावना रहेको भन्दै विराटनगरमा बजार अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]