११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २०, २०७८

रुकुम पश्चिम – रुकुम पश्चिममा नेकपा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । समाहित कमिटीका अध्यक्ष विमल कुमार पुनले अपवादमा केही सदस्य छाडेर नेकपा एमालेको सिङ्गो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएको बताए ।

उनका अनुसार एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नेकपा एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँचजना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका थिए । बाँकीमध्ये अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा सामेल भएको उनको भनाइ छ । आफूसहित एमाले सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतम लगायत झण्डै ७५ प्रतिशत कमिटी सदस्यले एकीकृत समाजवादी रोजेको पुनले बताए । उपाध्यक्ष ऋषिप्रसाद शर्मा भने हालसम्म कुनै पनि पक्षमा नखुलेको बताइएको छ । औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी गठनसँगै रुकुम पश्चिमको जिल्ला कमिटी कार्यालयसमेत स्थापना गरिएको छ । मुसिकोटको कालिका मन्दिरमा स्थापित कार्यालय केन्द्रीय सदस्य शेरबहादुर केसीले उद्घाटन गरेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टी रुकुम पश्चिमको जिल्ला कमिटीको पहिलो बैठकले १०६ सदस्यीय जिल्ला कमिटी बनाउँदै जिल्लाका सबै पालिकामा पार्टी निर्माणका लागि कार्यकर्ता भेला र कमिटी निर्माणलाई तीव्रता दिने निर्णयसमेत गरेको अध्यक्ष पुनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]