०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २०, २०७८

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने भएको हो ।

बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा.ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ । बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ । यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]