११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २०, २०७८

जनकपुरधाम – राजर्षि जनक विश्वविद्यालयका शिक्षक तीन सातादेखि आन्दाेलनमा छन् । करारमा नियुक्तिको माग गर्दै आन्दाेलन थालेका उनीहरूले संघर्षका कार्यक्रम झन कडा बनाउने चेतावनी दिएका छन् ।

२४ साउनबाट आन्दोलनमा रहेका शिक्षकले ८ भदौबाट पठनपाठन बन्द गरेर विश्व विद्यालयको मूल गेटमा धर्ना दिँदै आएका छन् । विश्व विद्यालयको स्थापनाकालदेखि ‘कोर्स कन्ट्रयाक्ट’मा काम गरेका ३५ शिक्षकले करामा नियुक्ति पाउनुपर्ने माग गर्दै आएका छन् । त्यतिखेर करारमा नियुक्तिकाे आश्वासन दिइए पनि नियुक्तिको प्रक्रिया सुरु नभएकाे विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक शिक्षक संघका अध्यक्ष दिलीप यादवले बताए ।

विश्वविद्यालयका भिसी डा. भारत झाले विश्वविद्यालयको नियमावलीमा करारमा शिक्षक नियुक्ति गर्ने व्यवस्था नरहेको बताए । ‘विश्वविद्यालयमा पेपर कन्ट्रयाक्टमा अधिकाशं शिक्षक राख्ने चलन छ,’ उनले भने, ‘करारमा शिक्षक राख्दैनन्, नियमावलीमै नभएपछि कसरी करारमा नियुक्ति दिनु ?’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]