काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले केपी शर्मा ओली सरकारले मधेस आन्दोलनमा लागेका १३९ जनाको मुद्दा फिर्ता लिएको र अन्य माग सम्बोधन गर्न लागेकै बेला गडबड भएको बताएका छन् ।
शनिवार मनोकामना युवा कमिटी जनकपुरधाम ११ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महतोले सोही कारण रेशम चौधरी पनि रिहा हुन नसकेको बताएका हुन् ।
त्यसैगरी नेता महतोले अहिले देशमा प्रधानमन्त्री कुर्सीको लडाई मात्र चलिरहेको जानकारी दिएका छन् । महतोले भने, ‘देशमा राजनीतिक अवस्था एउटै छ, प्रधानमन्त्री कुर्सीको लडाई । कोही कुर्सी पाउन त कोही कुर्सीबाट हटाउने खेलमा लागेका छन् ।’