०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

सप्तरी – नेपाली कांग्रेस १४औँ महाधिवेशनमा होमिएको छ। शुक्रबारदेखि मुलुकको ५६ वटा जिल्लामा वडा अधिवेशन चलिरहेका बेला प्रदेश २ मा भने सदस्यता विवादका कारण वडा अधिवेशन सुरु हुन सकेको छैन।

प्रदेशमा क्रियाशील सदस्यलाई लिएर रहेको विवादका कारण प्रदेशको ८ मध्ये कुनै जिल्लामा अधिवेशन हुन सकेको छैन। नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले जिल्लाको दुई वटा क्षेत्रमा क्रियाशील सदस्यतालाई लिएर विवाद रहेकाले वडा अधिवेशन हुन नसकेको बताए। चार वटा क्षेत्र रहेको धनुषाको दुई वटा क्षेत्रमा सदस्यतालाई लिएर विवाद चलिरहेको छ।

गिरीले क्षेत्र नम्बर २ र ३ मा नवीकरण वा क्रियाशील सदस्यतालाई लिएर कुनै किसिमको विवाद नरहे पनि क्षेत्र नम्बर १ र ४ मा विवाद रहेको बताए।‘क्रियाशील सदस्यतासम्बन्धी फर्म भर्ने जिम्मा क्षेत्रीय सभापतिहरूलाई नै दिइएको थियो, क्षेत्रीय सभापतिहरूले केन्द्रीय सर्कुलरअनुसार फर्म नभरेकाले उजुरी परेर अहिले त्यहाँको विवाद केन्द्रीय छानबिन समितिले देखिरहेको छ’, उनले भने।
धनुषाको दुवै क्षेत्रको विवाद समाधान भएलगत्तै यहाँ पनि वडा अधिवेशन छिट्टै सुरु हुने सभापति गिरीले बताए। नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता तथा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेशमा एक साताभित्रै वडा अधिवेशन हुने बताए।

प्रदेशभरिको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न प्रयास भइरहेकाले यसको चाँडै समाधान हुने उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]