११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले बजारी हल्लाको भरमा गठबन्धन नटुट्ने बताएकी छन्। आज शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले हल्लाकै भरमा गठबन्धन कुनै हालतमा नटुटने बताएकी हुन्।

जनअनुमोदित संसदलाई पूरा कार्यकाल सञ्चालन गर्न अग्रगमन पक्षधर पार्टीहरुबीच गठबन्धन भएको भन्दै उनले त्यो अभिभारा पूरा गरेर छाडने बताइन्। उनले आफूहरुको कारणले संघीय सरकार विस्तारमा कुनै ढिलाई नभएको जिकिर गर्दै दल दर्ताको प्रकृया बाँकी रहेकोले संघमा सरकार विस्तार र प्रदेशमा नयाँ सरकार निर्माण हुने ढिलाई भएको बताइन्।उनले भनिन, ‘हाम्रो पार्टी नै बनिसकेको छैन। पार्टी नबनी सरकारमा जान पनि मिल्दैन। प्रकृया सकिएपछि संघमा चाँडै सरकार विस्तार हुन्छ र प्रदेशमा पनि नयाँ सरकार निर्माण हुन्छ।’नेतृ झाँक्रीले प्रदेश १ र बागमती प्रदेशमा एकीकृत समाजवादीले मुख्यमन्त्री लिनेबारे कुनै भागबन्डा नभएको बताइन्। तर, उनले दुबै प्रदेशमा आफूहरुकै नेतृत्वमा सरकार निर्माण हुने कुरा स्वभाविक रहेको जिकिर गरिन्।

एकीकृत समाजवादी पार्टी नामले नै समावेशी पार्टी भएको दाबी गर्दै महिला र युवाहरुलाई सहभागितामा उच्च प्राथमिकता दिइने बताइन्। उनले युवा र नयाँ पुस्तालाई आफ्नो पार्टीमा आउन आग्रह गर्दै भनिन, ‘युवा र महिलालाई बराबरी सहभागिता हुन्छ। यसैले म नयाँ पुस्तालाई हाम्रो पार्टीमा आउन आग्रह गर्छु।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]