काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।
‘हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘पछिल्लो समयमा निकै धपेडीमा रहेकोले ज्वरो आएको हुनसक्छ ।’
शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।