१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

सिरहा नेपालसँग सिमा जोडिएको भारतीय बजार जयनगर नजिकै एक नेपाली युवकको शव फेला परेको छ ।

सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको शव भारत बिहारको मधुवनी जिल्ला अन्तरगत जयनगर बजार नजिकै पानीमा शव फेला परेको हो । महराको धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ । महरा बिहीवार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको उनको जेठा छोरा विमल महराले जानकारी दिए । मृतक र मृतककी आमाबीच मोटरसाइकल किन्ने विषयमा विवाद समेत भएको छोरा विमलले बताए ।

आज बिहान बेवारिसे अवस्थामा शव भेटिएपछि भारतीय प्रहरीले उनको पकेटमा भेटिएको डायरीमा लेखिएको नम्बरको आधारमा मृतक नेपाली भएको पत्ता लगाएको थियो । भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर मृतकको परिवारले जानकारी गराएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]