२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र १८, २०७८

सप्तरी – सवारी लाइसेन्सको लिखित परीक्षा पास गरेका र एक पटक ट्रायलमा फेल भएकाहरुलाई यातायात व्यवस्था कार्यालयले भदौ २० गतेदेखि ट्रायल परीक्षा लिने भएको छ।

कोरोनाका कारण गत वैशाख १६ गतेबाट रोकिएको परीक्षा सञ्चालन गर्न लागिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। कोभिड-१९ संक्रमणको विशेष अवस्थामा यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड-२०७८ स्वीकृत गरिसकेको छ।

यस्ता छन् मापदण्डका बुँदाहरु

परीक्षार्थी स्वयंले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पिउने पानीको व्यवस्था गर्नुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने।

प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड-१९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने।

तोकिएको समयमा ट्रायलमा उपस्थित नभएमा अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामासमेत सहभागी नगराउने।

परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी सहभागी गराउने।

ट्रायल परीक्षामा सवारीसाधन यातायात व्यवस्था कार्यालयहरुले तोकेबमोजिम हुने, व्यक्तिगत रुपमा ल्याउन नपाइने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]