सप्तरी – सप्तरीमा करेन्ट लागेर ५३ वर्षीया महिलाको मृत्यु भएको हो ।
सप्तरी जिल्ला को महादेवा गाउँपालिका वडा नम्वर १ पकरीमा ५३ वर्षीया अमिरका देवी सदालाई ट्युबेलतर्फ जाने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएकी सदालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल लागिएको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरी जनाएको छ ।