३० माघ २०८१, बुधबार
wait Please...

शुब नारायण यादव

सोमबार, भाद्र १४, २०७८

सप्तरी – सप्तकोशी नदीका सहायक नदिहरुको आसपासको क्षेत्रमा केही दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढदा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ ।

आइतबार साँझसम्म सप्तकोशीले कोशीले लगातार पश्चिमतर्फ कटान गर्न थालेपछि उदयपुरको बेलका नगरपालिका नदी किनार आसपासका वासिन्दा नदिको पश्चिमी भाग थर्फ १५० मिटर कटान गरिसकेको र खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, । त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको उदयपुरजिल्ला प्रशासन कार्यालयले जनाएको छ ।स्थानीयका अनुसार अब १५ मिटर मात्रै कटान गरेमा सप्तकोशीको धार परिवर्तन हुन्छ । सप्तकोशीले धार परिवर्तन गरी पश्चिततिर लागे बेलका नगरपालिकाको वडा नम्बर २, ३, ९ र ८ का नदी तटका अधिकांश क्षेत्रहरु डुवानमा पर्नेछन् । यो क्षेत्रमा ठूलो मानव वस्ती रहेको छ ।

८ हजार बोरा बालुवा र ५० थान जालीको तटबन्ध बनाउन शुरु गरिएको छ । सप्तकोशीले धार परिवर्तन गरे उदयपुरको बेलकासँगै सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका पूर्वी क्षेत्रका वस्ती समेत जोखिममा पर्नेछन ।अहिले सप्तकोशीको तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै माइकिङ गरिएको छ । सप्तकोशी आसपासका करिव २५ सय परिवार नदीको उच्च जोखिममा रहेको बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले बताईन् । सप्तकोशीको बाढीले सोमबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एविसी टापु, श्रीलंका टापु र रामनगर लगायतका ठाउँ उच्च जोखिममा रहेको उपमेयर चौधरीले बताईन् ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्ने भएकोले सप्तरीको गोवरगढा टापु,सप्तकोशी,कञ्चनरुप,हनुमाननगर कंकालिनी नगरपालिका,तिरहुत,तिलाठी कोइलाडी गाउँपालिकाका कोशी किनारका बस्ती तथा होचा स्थानमा कटान हुने सम्भाबना रहेकोले अगामी तिन दिन सम्म ठुलो तथा साना ,सहायक नदीहरुको तल्लो तटीय,होचा तथा डुबान क्षेत्रका बासिन्दाहरुको ज्यु,ज्यान,धनको सुरक्षाका लागी आवश्यक तयारी अपनाउन सप्तरी जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले आईतवार सुचना जारी गरीएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]