सप्तरी – सप्तरी जिल्ला प्रशासन कार्यालय राजविराजले म्याद गुज्रिएको सामान बिक्री बितरण गर्ने एक ब्यापारीलाई जरीमाना तिराएका छन् ।
जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा अजय कुमार मण्डल नेतृत्वको अनुगमन टोलिले बिष्णु किराना पसलमा छापामारी गर्दा म्याद गुज्रिएको सामान फेला परेपछि संचालकलाई २० हजार जरिमाना गरेको हो ।अनुगमनको क्रममा बिष्णु किराना पसलबाट खाने तेल, पेय पदार्थ लगायतका म्याद गुज्रिएका सामान बरामद् भएको थियो । म्याद गुज्रिएको सामान बिक्री बितरण गर्ने ब्यबसायीलाई जरिमाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
पहिलो पटक जरिमाना तिराई सचेत गराउँदै छाडेको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले बताउनु भयो । फेरि पनि यस्तै पाईएमा कानुन बमोजिम कारबाही गरिने उहाँले जानकारी गराउनु भयो ।