०५ फाल्गुण २०८१, सोमबार
wait Please...

शुब नारायण यादव

शनिबार, भाद्र १२, २०७८

सप्तरी – सप्तरीको अधिकांश बसबिसौनीमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूले सास्ती खेपिरहेका छन् । सोही क्रममा सप्तरीको हनुमाननगर,भारदह,रुपनी,कठौना,राजविराज,कञ्चनपुर,लगायतको बसबिसौनीमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूले सास्ती खेपिरहेका छन् ।

दैनिक सयौको संख्यामा आवतजावत हुने स्थानमा सौचालयको ब्यबस्था नहँुदा यात्रुहरूलाई शौचालय जान सास्ती भएको हो ।
बसबिसौनी बजार एरिया रहेको ठाउँमा रहेकोले सार्वजनिक शौचालय नहुँदा बाहिरबाट आउने यात्रुले खुल्ला ठाउँमा दिशा पिसाव गर्न बाध्य भएको स्थानीयले बताएका छन् । बसबिसौनी ब्यस्त चौकमा सार्वजनिक शौचालय नहँुदा सर्वसाधारणहरु लाज पचाएर खुल्ला क्षेत्रमा पिसाव गरेको दृश्य यत्रतत्र देखिएका हुन्छ ।बसबिसौनी ठाउँमा सार्वजनिक शौचालय नहँुदा खुल्ला चौरीमा गएर दिशा पिसाब गर्न बाध्यता रहेको सर्वसाधारण बताउँछन । बसबिसौनीमा सर्वसाधारणको भीडभाड हुने ठाउँमा सार्वजनिक शौचालयको ब्यबस्था नहुँदा दिशा पिसाब गर्न निकै कष्ट खेप्नु परेको यात्रुहरुको गुनासो रहेको छ । बसबिसौनीमा

सार्वजनिक शौचालय निर्माणका लागि पालिकालाई पटक–पटक भन्दा पनि सुनुवाई नभएको स्थानीयहरुले गुनासो गरेका छन । वडा अध्यक्षदेखि नगर प्रमुख सम्मलाई शौचालयको बिषयमा धैरैपल्ट ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको स्थानीयहरु दुखेसो सुनाउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]