काँकडभिट्टा – अविरल वर्षाका कारण झापाका विभिन्न स्थानमा बाढीले क्षति सुरु गरेको छ । कन्काईको बाढीले गौरीगञ्ज गाउँपालिका १ रंगेथानस्थित कन्काई बाँधको ३५–४० मिटर क्षेत्रमा कटान सुरु गरेको छ ।
नहर कटानसँगै बाढीले धान खेतमा समेत कटान सुरु गरेको प्रहरीले जनाएको छ । बाढीले दक्षिण झापाकै महाभारा र कुन्जिबारी क्षेत्रका करिव सय घर डुबानको उच्च जोखिममा छन्। बाढी रोक्नका लागि बाँध बाँध्न स्थानीय निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले जिल्लाका अन्य क्षेत्रमा पनि बाढीले असर गरेको र विवरण आउन बाँकी रहेको जनाएको छ । निरन्तरको वर्षाका कारण झापाका कन्काई, मेची, विरिङ, मावा, रतुवा, कमल, टाङटिङ आदि नदीमा पानीको बहाव बढेको छ ।