३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र ११, २०७८

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पक्ष आफ्ना प्रतिवद्धता भुलेर चोइटिएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘हिजोसम्म हामीसँग रहेका व्यक्तिहरू आन्दोलनको बाटो र आन्दोलन हाँक्ने अभिभारा तथा निर्वाचनका जिम्मेवारी भुलेर चोइटिनु भएको छ ।

त्यो सैद्धान्तिक मदभेद भएर होइन। केहीका स्वास्र्थका कारणले यस्तो गरिएको हो ।’उनले केहीको स्वार्थकै कारण केन्द्रदेखि प्रदेशसम्मका सरकार ढालेको बताए। उनले नेपालसँग गएका केही नेता सेन्टिमेन्टको कारण मात्रै जोडिएको बताएका छन् । नेपालले नयाँ पार्टी दर्ता गरेर प्राप्त उपलब्धिलाई नोक्सान पार्ने काम गरेको ओलीले बताए । उनले भूपि शेरचनको दीपशिखा कविताको स्मरण गर्दै आज आफूहरूको भूमिका फेरिएको बताए ।माधवकुमार नेपाललाई लखटेर नयाँ पार्टी गठन गर्न बाध्य नबनाएको ओलीले बताए । विगतमा सरकारमा भएको बेला देशलाई सही बाटोतिर अगाडि बढाएको दाबी ओलीले गरे । तर, केही मानिसहरुको गैरजिम्मेवार प्रवृत्ति र स्वार्थका कारणले पार्टीभित्र हुँडलो मच्चाउने काम भएको उनको भनाइ थियो ।

उनले पार्टीमा उत्पन्न ‘जिकज्याक’पछि केन्द्रीय कमिटीका थुप्रै सदस्यहरु बैठकमा सहभागी भएको बताए । उनले भने, ‘हामी ठूलो संख्यामा एकताबद्ध भएर हाम्रो काँधको अभिभारा पूरा गर्न र चुनौतीहरुको सामना गर्न र आगामी विजय यात्रालाई सुनिश्चित गर्नका लागि संकल्पित ढंगले यहाँ सरिक भएका छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]