२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १०, २०७८

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले अहिलेको प्राथमिकता संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा रहेको बताएका छन्।

विराटनगरमा मुख्यमन्त्रीको शपथग्रहणपछि मुख्यमन्त्री आचार्यले स्थिरता कायम राख्ने विषयलाई आफूले प्राथमिकतामा राख्ने बताए।नयाँ मन्त्रीमण्डलका सन्दर्भमा छलफल भइरहेको बताएका आचार्यले सकेसम्म छिटो मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए।

पार्टी एकता जोगाउनका लागि र आगामी दिनमा कुनै समस्या नदेखियोस् भन्नका लागि आफूले चुनौतिकाबीच मुख्यमन्त्रीको जिम्मेवारीवहन गरेको उनको भनाइ छ।संविधानमा एक महिनाको अवधिमा बहुमत हासिल गर्नुपर्ने चुनौतिका सन्दर्भमा मुख्यमन्त्री आचार्यले लोकतन्त्र र स्थायित्वको पक्षधर दलसँग छलफल गरि अघि बढ्नेमा उनले जोड दिए।

प्रदेश सरकारको बहुमतका लागि ४७ जनाको संख्या आफ्नै पार्टीभित्रबाट पुर्‍याउनेमा ढुक्क रहेको उनले बताए। मुख्यमन्त्रीको जिम्मेवारीवहन गरेसँगै उनले कोभिड १९ को अर्कोलहरबाट जनतालाई जोगाउन सरकारले प्राथमिकताका साथ काम गर्ने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]