३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १०, २०७८

सुनसरी सुनसरी जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कका आधारमा सुनसरीमा कडा खालका लागूऔषधको कारोबार ह्वात्तै बढेको पाइएको छ ।

साउन २५ गते सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसपार्कबाट १ सय ३० ग्राम ब्राउनसुगरसहित पाँचजना पक्राउ परे । बा.१४ च ६१४५ नम्बरको कारमा सवार रहेको अवस्थामा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीको टोलीले पक्राउ गर्यो ।
तत्कालीन समयमा प्रहरीले सप्तरी हनुमाननगर कङ्कालिनी–१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोइलाडी–४ का २० वर्षीय इनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ वर्षीय विनोदकुमार कामत, सप्तरी तिलाठी कोइलाडी–४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोइलाडी–४ का २२ वर्षीय फुलकुमार मुखियालाई पक्राउ गरेको थियो ।

कडा खालको लागूऔषध बरामद गरिएको यो पछिल्लो उदाहरण हो । प्रहरीले सानोतिनो परिमाणमा दैनिकजसो पक्राउ गर्दै आएको छ । साउन १८ गते मात्रै सशस्त्र प्रहरीले सुनसरीकोे कोशी गाउँपालिका–८ भण्टाबारीबाट ब्राउनसुगरसहित १७ वर्षीय युवालाई पक्राउ गरेको थियो । मोरङ सुनवर्षी नगरपालिका–९ का गणेश साहलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

यी प्रतिनिधि उदाहरणहरू मात्रै हुन् । सीमावर्ती क्षेत्र हुँदै जिल्लाभित्र सामान्य खालका लागूऔषधको कारोबार हुँदै आए पनि पछिल्लो समययता कडा खालका लागूऔषधमा पर्ने ब्राउनसुगरको कारोबार ह्वात्तै बढेको पाइएको हो । ब्राउनसुगरलाई जनबोलीमा खैरोहेरोइन भनेर पनि चिनिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]