प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन्।
बुधबार दल दर्ताको लागि आयोगले सनाखत गर्न बोलाएसँगै उनीसहित नेता आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन्।
केही समयअघि जारी भएको अध्यादेशअनुसार नयाँ पार्टी दर्ता गर्न नेपाल समूहले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य आफूसँग भएको प्रमाणित गर्नु पर्नेछ। उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ।