दाङ – लगातार परेको पानीका कारण झरेको पहिरोले दाङ–रोल्पा जोड्ने होलेरी सडक खण्ड र दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ।
घोराही उपमहानगरपालिका–१३ काभ्रे स्थित घोराही होलेरी सडक खण्डमा माथि बाट पहिरो खसेर बाटो अवरुद्ध भएको र पहिरो हटाउने काम जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
यस्तै तुलसीपुर उपमहानगरपालिका–३ लाहुरे चौरस्थित दाङ–सल्यान सडक खण्डमा माथिबाट पहिरो खसेको छ। पहिरो हटाउने काममा प्रहरी परिचालन गरिएको छ। सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन्।