राैतहट – पूर्वमन्त्री प्रभु साहले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन नेतृत्वको सरकार देशमा अस्थिरता निम्त्याउनकै लागि काम गरिरहेको आरोप लगाउनुभएको छ ।
साहको संसदीय विकास कोषबाट रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ मा निर्माणाधीन प्रवेशद्वार निरीक्षणको क्रममा गृहजिल्ला रौतहट आउनुभएका साहले सरकारले सत्ताको दम्भमा राज्य-आतंक मच्चाइरहेको बताउनुभयाे । निर्वाचनले मुलुकलाई निकास दिने भएकाले सो नभएपछि फेरि देशमा अस्थिरता, लुटतन्त्र र भ्रष्टाचार नै मौलाएको साहको भनाइ थियाे। साहले आफुहरु एमालेमाआएको नभई त्यो बेलाको नेकपाको नेकपा एमालेको हिस्सा र माओवादीको हिस्सा एक ठाउँमा एकीकृत भएको बताउँदै माओवादी छाडेर एमालेमा आएको भनेर नबुझ्न आग्रह समेत गर्नुभयो ।
उहाँले सरकार बनेदेखि नै जनतामा सरकारी आतंक बढिरहेको भन्दै काँग्रेसी गठबन्धनको सरकारले जनतालाई तर्साउने, आतंकित गर्ने कृयाकलापहरु गरिरहेकोमा त्यसलाई रोक्न माग गर्नुभयो । सो प्रवेशद्वारसँगै धन्सार-जंगलसैया-कटहरिया सडक पनि रणनैतिक सडक अन्तरगत चाँडै नै कालोपत्रे हुने साहले जानकारी दिनुभयो ।