०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०८, २०७८

सप्तरी – सप्तरीमा रोकिरहेको टयांकरलाई ट्रकले ठक्कर दिएर भएको दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृतक र घाइते एउटै परिवारका हुन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुरुङगा नगरपालिका-४ कदमाहामा रोकिरहेको को १ ख ६९५६ नम्बरको तेल टयांकरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।उक्त दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका-४ बस्ने आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा ट्रक चालक ४५ वर्षीय चौधरी, उनकी ४० वर्षीया श्रीमती चन्द्रकाला र २३ बवर्षीय छोरा आशिष चौधरी घाईते भएका छन् । उनीहरुको लहानमा उपचार भइरहेको छ । ट्रक र ट्यांकर नियन्त्रणमा लिइएको तथा फरार भएका ट्यांकर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]