२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०५, २०७८

अफगास्तिानमा आतंकवादी समूह तालिबानको कब्जाबाट तीन जिल्ला मुक्त गराइएको दाबी गरिएको छ । सत्ता कब्जा गरेको तालिबानबाट तीन जिल्ला मुक्त गरिएको दाबी गरिएको पझवक अफगान न्यूजले जनाएको छ ।

अब्दुल हामिद दादगरले तालिबानको कब्जामा रहेका अन्द्राब बघलानका तीन जिल्लालाई फिर्ता लिइएको दाबी गरेका हुन् । यसबारेमा तालिबानले अझै केही बताएको छैन ।तालिबानले सत्ता सञ्चालन गरिरहँदा केही गुट भने कब्जामुक्त गर्ने प्रयासमा लागेका छन् ।अफगानिस्तानको पंजशीर इलाकामा तालिबानविरुद्ध लड्नका लागि पूर्व सैनिकहरुले मोर्चा तयार गरिरहेका छन् । यसको नेतृत्व अहमद मसूदले गरेका छन् । उनी तालिबानीलाई पराजित गरेका अहमद शाह मसूदका छोरा हुन् ।मसूदले अमेरिकासँग हतियार मद्धत मागेका छन् । उनले वासिङटन पोष्टमा एक लेखमार्फत तालिबान विरुद्ध लड्न अमेरिकासँग हतियार मागेका हुन् । उनका अनुसार पंजीशर इलाकामा उनीसँग मुजाहिद्धिनका हजारौं लडाकु तयार अवस्थामा छन् ।

यता आफूलाई अफगानिस्तानका कार्याबाहक राष्ट्रपति घोषित गरेका अमरुल्ला सालेह पनि तालिबान विरुद्ध मोर्चा खोलिरहेका छन् । उनी तालिबाविरुद्ध रणनीति बनाइरहेका छन् । उनी पूर्व सैनिक, पुलिस र अन्य समूहसँग एकसाथ मिलेर तालिबानलाई पराजित गर्ने रणनीतिमा रहेको बताइन्छ ।यसले अफगानिस्तान फेरि रक्तपातयुक्त स्थितिमा पुग्ने दाबी गर्न थालिएको छ ।तालिबानले सत्ता सम्हाल्न थालेपछि अफगानिस्तानका विभिन्न क्षेत्रमा स्थानीय जनताले तालिबानको विरोध गर्न थालेका छन् । राजधानी काबुलमा पनि विस्तारै विरोधका नारा लाग्न थालेका छन् । उक्त विरोधमा महिलाहरुले अगुवाई गरिरहेका छन् ।

अफगानिस्तानको स्वतन्त्रता दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा झण्डा यात्रा निकालिएको छ । जहाँ तालिबानी झण्डाको विरोध गर्दै राष्ट्रिय ध्वजा फहराइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]