३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र ०४, २०७८

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुमपूर्वको भूमे गाउँपालिकामा सडक अवरुद्ध भएको छ । भूमे गाउँपालिका ४ धौलापहिरा नजिकै सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

गएराति परेको भारी वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । रुकुम पूर्वबाट बागलुङ, पर्वत, पोखरा, काठमाडौंका लामो दुरीका सवारी साधनहरु यही सडक मार्ग भएर आवतजावत गर्छन् सडक अवरुद्ध हुँदा आवातजावत बन्द भएको छ । बिहानैदेखि सवारी साधनहरु पहिरो खसेको ठाउँमा आएर रोकिएका भूमे गाउँपालिका ३ काचन्द्र रसाइलीले बताए । उनका अनुसार स्थानीय सवारी साधनहरु पनि ठप्प भएका छन् । रूकुमकोटबाट जिल्लाका विभिन्न ठाउँमा जाने र रूकुमकोट आउने सवारी साधनहरुलाई समस्या परेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले सडक सुचारु गर्नका लागि टोली पठाइएको बताए । उनले पहिरो हटाउनका लागि कति समय लाग्ने एकिन नभएको जानकारी समेत दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]