रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोमा परि बेपत्ता भएका चार मध्ये दुई जनाको शव भेटिएको छ ।
३६ वर्षीय श्यामबहादुर गलान तामाङकाे वर्ष ३२ कि कमला गलान र उनकी कान्छी छोरी वर्ष ८ कि सुकुमाया गलानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । बेपत्ता भएका वर्ष ११ कि सोकिता गलान र वर्ष ७ का आशिष गलानको खोजिकार्य भइरहेको उनले बताए ।
गम्भीर घाइते अवस्थामा उद्धार गरि नुवाकोट पठाइएका ३६ वर्षीय श्यामबहादुर गलान तामाङलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको प्रहरीले जनाएको छ । एक तले जस्ताले छाएको घरमाथि सडकको डिल भासिदा तामाङकाे घर पुरिएको थियो । घटनास्थलमा स्थानीय, सेना र प्रहरी उद्धारमा खटिएका छन् ।