काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेता नेपाल छलफलका लागि बानेश्वरस्थित अर्याल होटल पुगेका हुन् ।
केही बेरअघि सुरु भएको बैठकमा पार्टी विभाजनका लागि तयार भएका केन्द्रीय सदस्य र सांसदहरू उपस्थित छन् । नयाँ दल दर्ताका लागि सबै तयारी पूरा गरेको नेपाल समूहले बैठकपछि निर्वाचन आयोग जाने तयारी गरेको छ ।