काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा संक्रमितको संख्या तिब्र ढंगले बढेको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौ उपत्यकालाई रेड जोनका रुपमा ब्याख्या गर्दै फेरी निषेधाज्ञा कडा बनाउन सक्ने संकेत गरेको छ ।
पछिल्लो तथ्य अनुसार काठमाडौ उपत्यकामा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ ।काठमाण्डौ महानगरपालिकामा अहिले चार हजार एक सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितमध्ये ३ हजार नौ सय ६८ जना होम आइसोलेशन र एक सय ४३ जना अस्पतालमा रहेका महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका ३२ वटा वडामध्ये सबैभन्दा धेरै ३२ नम्बर वडामा ४ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । महानगरपालिकामा अहिलेसम्म ७५ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएकोमा ७० हजार नौ सय ७५ जना निको भएका छन् भने पाँच सय २१ जनाको ज्यान गएको छ ।