०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०२, २०७८

जनकपुरधाम – महिला कामदारले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले विराटनगरबाट उद्योगका प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरेको छ।

विराटनगर-१३ स्थित तयारी पोशाक उत्पादक कम्पनी ट्राइकोट इन्डस्ट्रिज प्रालिका सिइओ सञ्जय चाण्डोकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। श्रमिक महिला तथा पुरुषहरू भेला भएर चाण्डोकविरूद्ध आन्दोलन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। उनका अनुसार एक महिलाले यौन दुर्व्यहारको उजुरी दिन लागेकी छिन्। ‘अन्य महिला श्रमिक पनि दुर्व्यवहारमा परेको गुनासो छ,’ जिसीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं।’

उद्योगमा कार्यरत् श्रमिक महिलाहरूलाई पटक-पटक दुर्व्यहार गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय धिरज विष्टले बताए। मंगलबार दिउँसो उद्योगमा भेला भएका महिलाहरूले चाण्डोकलाई कुटपिट गर्न खोजेका थिए। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। अहिले चाण्डोकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। चाण्डोकले हालै रोजगारीका लागि उद्योगमा हाजिर भएकी महिला कर्मचारीसँग सिइओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरू सोधखोज गर्ने, राति फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दबाबमा राख्ने गरेको आरोप लागेको थियो।

तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदुर कार्यरत छन्। त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]